तपाईँ सुन्दै हुनुहुन्छः

नेपालमै मर्यादित रोजगारी सिर्जना गर्न सरकार युद्धस्तरमा छ: श्रम मन्त्री यादव

काठमाडौँ । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले नेपाली युवाका लागि स्वदेशमै मर्यादित काम गर्ने वातावरण बनाउन सरकार जिम्मेवार भएर लागेको बताउनुभएको छ।

राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक २०८३ माथि सांसदहरुले उठाउनुभएको प्रश्नको जवाफ दिनुहुँदै मन्त्री यादवले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र सम्मानजनक बनाउन सरकार युद्धस्तरमा लागि परेको बताउनुभयो । 

मन्त्री यादवले श्रमिकहरूको सुरक्षा कानूनी प्रतिविद्धताले मात्रै नपुग्ने भन्दै सरकारले  श्रम निरीक्षणलाई  प्राथमिकता दिई श्रम शोषण गरिएका ठाउँमा कारवाहीसमेत गरिएको  बताउनुभयो । 

युवाहरुलाई नेपालमै रोजगारी, सिप विकास र युवा उद्यमशीलता प्रवद्र्धन हुने गरी सरकारले बजेट ल्याएको भन्दै मन्त्री यादवले कमाउँदै सिक्दै र करियर उडानलगायतका नयाँ कार्यक्रमले युवा पुस्तालाई आकर्षित गर्ने विश्वास व्यक्त गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button