तपाईँ सुन्दै हुनुहुन्छः

फ्रिक्वेन्सी अनुगमन र सुरक्षण मुद्रणमा सरकारको जोड: मन्त्री तिमल्सिना

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमल्सिनाले मोबाइल फ्रिक्वेन्सी भ्यान सवारी साधन मात्रै नभइ एउटा चलायमान प्रयोगशाला भएकाले बजेट विनियोजन गरिएको बताउनुभएको छ । 

राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक २०८३ को सूचना तथा सञ्चार मन्त्रालय अन्तरगत विनियोजन शीर्षकहरूमाथि सांसदहरुले उठाउनुभएको प्रश्नको जवाफ दिनुहुँदै मन्त्री तिमल्सिनाले रेडियो फ्रिक्वेन्सी अनुगमनबाट सीमित प्राकृतिक स्रोतका रुपमा रहेको फ्रिक्वेन्सीको व्यवस्थापन, अवैध  दूरसञ्चार प्रणालीको अन्त्य, एफएम स्टेशन पहिचान र सीमावर्ती क्षेत्रमा हुने क्रस बोर्डर फ्रिक्वेन्सी हस्तक्षेप  निक्र्यौल गर्न सहज हुने बताउनुभयो । 

सरकार गठनको छोटो समयमा सवार अनुमति पत्र, हुलाक टिकट र अन्तशुल्क स्टिकर छपाइ गरी सम्बन्धित निकायलाई हस्तान्तरण गरिएको जानकारी दिँदै मन्त्री तिमल्सिनाले सुरक्षण जोखिमबाट जोगाउन पनि सरकारले सुरक्षण मुद्रण केन्द्रमा पुँजीगत लगानी वृद्धि गरेको  बैठकमा स्पष्ट पार्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button