साताव्यापी रक्तदान कार्यक्रम शुरु
कञ्चनपुर । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण गर्न सरकारले जारी गरेको लकडाउनका कारण रक्तदानका कार्यक्रम पनि स्थगित भएपछि कञ्चनपुरमा रगतको अभाव भएको छ ।
यद्यपी रगत अभावको समस्यालाई मध्यनजर गर्दै कञ्चनपुर जिल्ला स्थित लियो क्लव अफ शुक्लाफाँटा स्माइलले साताव्यापी रक्तदान कार्यक्रम शुरु गरेको छ ।
रगतको अभावले गर्दा बिरामी समस्यामा पर्ने गरेको खबर पाएपछि समस्या समाधानका लागि लियो क्लब अफ शुक्लाफाँटा स्माइलले शुक्रबार देखि साताव्यापी रक्तदान कार्यक्रम शुरु गरेको लियो क्लब अफ शुक्लाफाँटा स्माइलका अध्यक्ष देवेन्द्र खड्काले बताउनु भएको छ ।







प्रतिक्रिया राख्नुहोस्