संघीय संसद्का सांसदहरूको विद्युतीय हाजिरीका लागि बायोमेट्रिक विवरण सङ्कलन शुरु

काठमाडौँ I संघीय संसद् सचिवालयले आजदेखी सांसदहरूको विद्युतीय हाजिरीका लागि बायोमेट्रिक विवरण सङ्कलन शुरु गरेको छ ।
संघीय संसद्का सभाका बैठकहरूमा सांसदहरूको उपस्थितिको हाजिरी विद्युतीय माध्यमबाट अभिलेख गर्ने उद्देश्यले सांसदहरूको बायोमेट्रिक विवरण सङ्कलन शुरु गरिएको संसद् सचिवालयले जनाएको छ ।

सचिवालयले बुधबार सूचना निकालेर विद्युतीय हाजिरी प्रयोजनका लागि बायोमेट्रिक विवरण दिन आउन सबै सांसदलाई सूचित गरेको थियो ।
सूचनामा बायोमेट्रिक विवरणसँगै सांसदहरूको औपचारिक तस्बिर खिचिने भएकाले सांसदहरूलाई औपचारिक पोशाकमा संघीय संसद्को लोगो लगाएर उपस्थित हुन अनुरोध गरिएको छ ।
अब संसद्का बैठकहरूमा सांसदहरूले म्यानुअल (कागजी) हाजिरीको सट्टा डिजिटल माध्यमबाट आफ्नो उपस्थिति जनाउनुपर्ने छ ।








प्रतिक्रिया राख्नुहोस्