तपाईँ सुन्दै हुनुहुन्छः

बान्तवा साहित्य महोत्सव सम्पन्न, गायक राई सम्मानित

इलाम । बुङवाखा पत्रिकाको  २१ औँ  वार्षिक उत्सवको  अवसरमा इलामको सूर्योदय नगरपालिका फिक्कलमा २ दिने  बान्तवा साहित्य महोत्सव सम्पन्न भएको छ ।

बुङवाखा काठमाडौँको आयोजना किरात राई यायोक्खा सूर्योदय नगर कमिटीको सह-आयोजनामा भएको कार्यक्रममा इलामका वरिष्ठ सर्जक गायक कुवेर राई बुङ्वाखा सम्मान २०८२ बाट सम्मानित हुनुभएको छ । उहाँलाई सम्मान पत्रको साथ  नगद रु रु. एक लाख १२५ रुपैयाँ प्रदान गरिएको छ ।

बुड्‌वाखा संरक्षक प्रा. डा. नोवलकिशोर राईको अध्यक्षता  साहित्य (मातृभाषा) विभाग, नेपाल प्रज्ञा–प्रतिष्ठान, काठमाडौँका प्राज्ञ  राजन मुकारुङको प्रमुख आतिथ्यता सूर्योदय नगरपालिकाका कार्यबहाक नगर प्रमुख  दुर्गाकुमार बरालको विशेष आतिथ्यतामा भएको कार्यक्रममा पहिलो दिन  वान्तवा भाषा कविता वाचन प्रतियोगिता भे तालेत  प्रतियोगिता र सम्मान  कार्यक्रम लगायत भएको छ ।

यस्तै दोस्रो दिन स्थानीय चिया बगान भ्रमण र मुन्दुम विमर्श, वान्तवा  भाषा पठनपाठनको व्यवस्था,  दोङदोङमा सम्मेलन अर्थात् बिनायो बाजा बजाउने र यसको संरक्षणमा खेल्नु पर्ने भूमिका लगायत बारेको  छलफल गोष्ठी कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि बुड्‌वाखा संरक्षक प्रा.डा. नोवलकिशोर राईले भाषाले सबैलाई गोलबद्ध गराउने र वान्तवा भाषाको संरक्षण संस्कार संस्कृतिको  विकासमा सबै एकता बद्ध भएर लाग्नु पर्नेमा जोड दिनुभयो ।

नेपाल प्रज्ञा-प्रतिष्ठान, काठमाडौँका प्राज्ञ  राजन मुकारुङले वुङ्वाखाले आफ्नो २१  औँ वार्षिक उत्सवको अवसरमा वान्तवा साहित्य महोत्सवको आयोजना गरेर  निक्कै सकारात्मक कार्य गरेको भन्दै वुङ्वाखा परिवारलाई धन्यवाद दिनु भयो । 

किरात राई यायोक्खा  सूर्योदय नगरपालिका कमिटी अध्यक्ष जय कुमार राईले वुङ्वाखा परिवारले आफ्नो महत्वपूर्ण कार्यक्रम सूर्योदय नगरपालिकामा राख्नु भएकोमा धन्यवाद दिनुहुँदै भाषा साहित्य कलाको संरक्षणमा महोत्सवले ठूलो भूमिका खेलेको बताउनु भयो ।

कार्यक्रम सफल बनाउन साथ दिने सबैमा वुङ्वाखा पत्रिकाका सम्पादक पदम राईले धन्यवाद दिनु हुँदै भाषा साहित्यको संरक्षण स्रष्टा सम्मान लगायतमा वुङ्वाखाले सधैँ आफ्नो तर्फबाट भूमिका खेल्ने प्रतिबद्धता जनाउनु भयो ।

सूर्योदय नगरपालिकाको  सहयोग र   नेपाल प्रज्ञा-प्रतिष्ठानको सहकार्यमा भएको कार्यक्रममा प्रा. डा. विष्णुसिंह राई,   सूर्योदय नगरपालिकाको पूर्व नगर प्रमुख रण बहादुर राई , माङ्सेबुङ गाउँपालिकाका अध्यक्ष   हेमन्त माक्रिहाङ राई, सूर्योदय नगरपालिका शिक्षा शाखा प्रमुख योगविधी भट्टराई, अखिल किरात राई संघ, अखिल किरात राई संघ सिक्किम लगायतका प्रतिविधिको उपस्थितिमा कार्यक्रम भएको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button