क्रिकेटर लामिछानेको वरियतामा व्यापक सुधार
काठमाडौँ । नेपाली क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेको एक दिवसीय अन्तर्राष्ट्रिय(ओडिआई) तर्फको बलिङ वरियतामा व्यापक सुधार भएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद्(आइसिसी) ले जारी गरेको पछिल्लो वरियतामा सन्दीप १५ स्थान सुधार गर्दै ४३औँ स्थानमा उक्लिएका छन् ।
मङ्गलवार मात्र सम्पन्न भएको विश्वकप लिग २ अन्तर्गतको नेपाल, ओमान तथा युएई सहभागी त्रिकोणात्मक सिरिजमा उनले उत्कृष्ट बलिङ प्रदर्शन गरेका थिए । नेपालले खेलेका ४ खेलमा सन्दीपले ८ विकेट लिएका थिए ।
सन्दीप वरियतामा जिम्बाबेका सिकन्दर राजा, भारतका अर्शदिप सिंह तथा न्युजिल्याण्डका ज्याकोब डफी भन्दा अगाडी रहेका छन् ।
त्यसै गरि नेपाली ट्वान्टी २० क्रिकेट टिमका कप्तान दीपेन्द्रसिंह ऐरीको एक दिवसीय अन्तर्राष्ट्रिय(ओडिआई) तर्फको अलराउण्ड वरियतामा व्यापक सुधार गरेका छन् ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद्(आइसिसी) ले जारी गरेको पछिल्लो वरियतामा दीपेन्द्र १२ स्थान सुधार गर्दै ३१औँ स्थानमा उक्लिएका छन् ।
मङ्गलवार मात्र सम्पन्न भएको विश्वकप लिग २ अन्तर्गतको नेपाल, ओमान तथा युएई सहभागी त्रिकोणात्मक सिरिजमा उनले अलराउण्ड प्रदर्शन गरेका थिए ।
नेपालले खेलेका ४ मध्ये २ अर्ध शतक र १ शतकसहित २६८ रन तथा ४ विकेट लिएका थिए ।







प्रतिक्रिया राख्नुहोस्