मधेश प्रदेशमा प्रहरीले लागु पदार्थ विरुद्धको महाअभियान चलाउने
जनकपुरधाम । मधेश प्रदेशमा लागु पदार्थको दुर्व्यसनमा युवाहरू फस्न थालेपछि यस विरुद्ध प्रहरीले विशेष अभियान सञ्चालनको तयारी गरेको छ । प्रदेश प्रहरी कार्यालयले मधेश प्रदेशका ८ जिल्ला तथा १ सय ३६ पालिकाहरूसँग सहकार्य गरेर एक साथ ‘लागु औषध सेवनकर्ता खोजी एवं सुधार महा–अभियान २०८३’ सञ्चालन गर्ने तयारी गरेको हो ।

लागु पदार्थको दुर्व्यसन रोकथाम तथा लतमा फसेकाहरूको सुधार तथा पुनर्स्थापनासम्मका अभियान तीनै तहको सरकारका समन्वय तथा सहकार्य एवं प्रत्यक्ष सहभागितामा सञ्चालन गरिन लागेको मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक गोविन्द थपलियाले जानकारी दिनुभयो ।
नेपाल भारतको खुल्ला सीमाना भएका कारणले विद्यालयका बालबालिका देखि ठूलो सङ्ख्याका युवाहरू लागु औषधको कुलतमा फसेको अनुमान अनुभव गरिएको बेलामा सञ्चालन हुने महाअभियानले लागु औषधको नियन्त्रण, सेवन कर्ताको पहिचान तथा पुनर्स्थापनामा ठूलो मद्दत पुग्ने विश्वास प्रदेश प्रहरीको रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्