तपाईँ सुन्दै हुनुहुन्छः

महोत्तरीमा अवैध तीन पिकअप चाइनिज स्याउ बरामद

महोत्तरी । महोत्तरीको सीमावर्ती क्षेत्रमा भारततर्फ तस्करी हुँदै गरेको ठूलो परिमाणको चाइनिज स्याउ सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको छ। शनिबार राति करिब २ बजे विशेष सूचनाका आधारमा खटिएको टोलीले शङ्कास्पद रूपमा गुडिरहेका तीन वटा पिकअप गाडी रोकेर जाँच गर्दा उक्त स्याउ नियन्त्रणमा लिएको हो।

सशस्त्र प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा ती स्याउहरू भन्सार छल्दै अवैध रूपमा भारततर्फ लैजान लागिएको खुलेको छ। बरामद गरिएको स्याउको परिमाण ठूलो रहेको र त्यसको बजार मूल्य लाखौँ रुपैयाँ बराबरको रहेको अनुमान गरिएको छ।

घटनामा संलग्न चालक तथा सहयोगीहरूमाथि सोधपुछ भइरहेको सशस्त्र प्रहरीले जनाएको छ। पछिल्लो समय सीमावर्ती क्षेत्रमा तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरीले गस्ती तथा निगरानी बढाउँदै आएको छ। 

प्रतिक्रिया राख्नुहोस्

Back to top button