तपाईँ सुन्दै हुनुहुन्छः

संविधानका आधारभूत संरचनालाई यथावत् राख्नुपर्छ: अध्यक्ष राई

काठमाडौँ।  श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले संविधानका आधारभूत संरचनालाई यथावत् राखेर अन्य विषयमा संशोधन गर्न सकिने बताउनुभएको छ । 

प्रतिनिधिसभाको आजको बैठकमा समय लिएर बोल्नुहुँदै उहाँले संविधान संशोधनको सवालमा गम्भीर हुनुपर्ने बताउनुभयो ।

“ संविधानको आधारभूत संरचनालाई यथावत् राखेर अन्य विषय संशोधन गर्न सक्छौँ । संशोधनमा हामी गम्भीर हुनुपर्छ, यो जानिएन भने समस्या हुने खतरा छ”, उहाँले भन्नुभयो । 

अध्यक्ष राईले सुशासन, भ्रष्टाचार नियन्त्रण र प्रभावकारी सेवा प्रवाहमा सरकारको १०० दिनको प्रयासप्रति धन्यवाद दिनुभयो । 

आफूले केही समयअघि महाकाली क्षेत्रको भ्रमण गरेको उल्लेख गर्दै अध्यक्ष राईले दार्चुला–टिङ्कर सडक निर्माणलाई तीव्रता दिन आग्रह गर्नुभयो । अध्यक्ष राईले अब राष्ट्रिय गौरवको आयोजना सीमावर्ती क्षेत्रमा केन्द्रित गर्नुपर्ने धारणा राख्नुभयो । 

 सुकुमवासी, अव्यवस्थित बसोबासीको पुनर्वासको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गर्दै अध्यक्ष राईले यथाशीघ्र धनीपूर्जा उपलब्ध गराउन सुझाव दिनुभयो । 

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई विश्वविद्यालय बनाउन माग गर्दै उहाँले स्वास्थ्य सेवालाई विकेन्द्रित गर्न सुझाव दिनुभयो ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button