तपाईँ सुन्दै हुनुहुन्छः

नेपालगञ्जमा जेनजी आन्दोलनका दुई सहिदको अर्धकदको शालिक निर्माण

नेपालगञ्ज । नेपालगञ्जमा जेनजी आन्दोलनका दुई सहिदको अर्धकदको शालिक निर्माण गरिएको छ ।

भदौ २३ गते जेनजी प्रदर्शनका क्रममा काठमाडौँमा सहादत प्राप्त गर्नुभएका नेपालगञ्ज धम्बोझीका दुई जना सहिद ई. सुलभराज श्रेष्ठ र आयुष थापाको अर्धकदको शालिक निर्माण गरिएको हो । 

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ वाटरपार्कस्थित धम्बोझी ब्याडमिन्टन प्रशिक्षण केन्द्र भवनको हाताभित्र स्वर्गीय श्रेष्ठ र थापाको अर्धकदको शालिक निर्माण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, वडा नम्बर १ का वडा अध्यक्ष प्रमोद रिजाल तथा सहिदद्वयका आमाबुवाले संयुक्तरुपमा शालिकको अनावरण गर्नुभएको हो । सहिदद्वयको स्मृतिमा वडा नम्बर १ ले योग तथा खोप केन्द्र भवन र ओपन जिम पार्क निर्माण समेत गरेको वडा अध्यक्ष रिजालले बताउनुभयो । 

नगर प्रमुख विष्टले आजै भवन र पार्कको उद्घाटन पनि गर्नुभयो । नगर प्रमुख विष्टले सहिदलाई साक्षी राख्दै जनआकाङ्क्षा र नागरिक हितमा काम गर्न सबै प्रतिबद्ध हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । रिजालले वडा नम्बर १ लाई खेलकुदको ‘हब’ बनाउन प्रयत्नरत रहेको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button