तपाईँ सुन्दै हुनुहुन्छः

पूर्व शान्ति राज्य मन्त्री दीपनारायण साहको निधन

महोत्तरी । महोत्तरीको सम्सी निवासी तथा नेपाल सरकारका पूर्व राज्यमन्त्री (शान्ति तथा पुनर्निर्माण)का दीपनारायण साहको ७७ वर्षको उमेरमा आफ्नै निवासमा निधन भएको छ।

उहाँ मधेश क्षेत्रका सक्रिय तथा ऊर्जावान् राजनीतिकर्मीका रूपमा परिचित हुनुहुन्थ्यो। लामो समयदेखि नेकपा एमाले पार्टीबाट राजनीतिमा क्रियाशील रहँदै उहाँले स्थानीयदेखि राष्ट्रिय तहसम्म महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो। विशेष गरी शान्ति प्रक्रिया तथा समावेशी राजनीतिमा उहाँको योगदान उल्लेखनीय मानिन्छ।

उहाँको निधनप्रति राजनीतिक दलका नेता, कार्यकर्ता तथा स्थानीयवासीले दुःख व्यक्त गरेका छन्। उहाँको निधनले मधेशको राजनीतिक क्षेत्रमा अपूरणीय क्षति पुगेको भन्दै श्रद्धाञ्जली अर्पण गरिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button