तपाईँ सुन्दै हुनुहुन्छः

सुनसरी–४ मा रास्वपाका दीपककुमार साह विजयी

धरान (सुनसरी) । प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुनसरी क्षेत्र नं ४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदुवार दीपककुमार साह विजयी हुनुभएको छ ।

उहाँले ४२ हजार ७७१ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत प्रकाश राउतले जानकारी दिनुभयो ।

नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले १६ हजार ५८७ मत प्राप्त गर्नुभयो ।

त्यस्तै नेपाल कम्यूनिष्ट पार्टी (एमाले)का उम्मेदवार जगदिशप्रसाद कुसियैतल आठ हजार ६३१ मत प्राप्त गर्नुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का महमद महफुज अन्सारीले तीन हजार ४३२ मत प्राप्त गर्नुभएको छ । यस क्षेत्रमा विभिन्न राजनीतिक दलका १७ र स्वतन्त्रका १६ जनासहित ३३ उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए ।

हरिनगरा, भोक्राहा, बराहक्षेत्र, कोशी गाउँपालिका, इनरुवा, इनरुवा, बर्जु, दुहबी, गढीगरी ३२ वडा समेटिएको यस निर्वाचन क्षेत्रमा एक लाख ३७ हजार ३४० मतदातामध्ये ८५ हजार ५४६ मत खसेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button