तपाईँ सुन्दै हुनुहुन्छः

कपिलवस्तुमा ६३ दशमलव ६३ प्रतिशत मतदान

कपिलवस्तु । कपिलवस्तुमा प्रतिनिधि सभाको निर्वाचनमा कुल ६३ दशमलव ६३ प्रतिशत मतदान भएको छ । 

कपिलवस्तुको ३ वटै निर्वाचन क्षेत्रमा कुल २ लाख ५२ हजार २ सय ५६ मत खसेको हो । सहायक प्रमुख जिल्ला अधिकारी भबिश्वर घिमिरेले महिला १ लाख ३० हजार ४ सय ६३ पुरुष १ लाख २१ हजार ६ सय ९० र अन्य ३ जनाले मतदान गरेको बताउनुभयो । कपिलवस्तुको ३ वटै निर्वाचन क्षेत्र गरी कुल ३ लाख ९६ हजार २ सय ६५ मतदाता छन् । 

२ सय ३६ मतदान स्थलको ४ सय ९१ मतदान केन्द्रमा मतदान भएको हो । निर्वाचन शान्त र भयरहित रुपमा सम्पन्न भएको प्रजिअ जर्नादन गौतमले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button