तपाईँ सुन्दै हुनुहुन्छः

बाढीले भोटेकोशी र त्रिशूली नदी करिडोरका जलविद्युत आयोजना क्षतिग्रस्त

त्रिशूली (नुवाकोट) । भोटेकोशी नदीमा आएको बाढीले नुवाकोट र रसुवा स्थित त्रिशूली नदी करिडोरमा निर्माण भएका तथा निर्माणाधीन जलविद्युत आयोजनाहरुमा अपूरणीय क्षति पु¥याएको छ । जलविद्युत आयोजना सहित प्रशारण लाइन र सवस्टेशनमा समेत क्षति पुगेका छ । नुवाकोट र रसुवामा विद्युत सेवा अबरुद्ध भएको छ ।

नेपाल विद्युत प्राधिकरणका निर्देशक थर्कबहादुर थापाले बाढीले क्षतिग्रस्त प्रशारण लाइन मर्मत गर्न अध्ययन थालिएको र केही दिन लाग्ने जानकारी दिनुभयो । नुवाकोटमा उत्पादित विद्युत काठमाडौ पठाइएको किस्पाङ–५ पैरेबेशी स्थित सवस्टेशन, त्रिशूली जलविद्युत केन्द्र र देवीघाट जलविद्युत केन्द्रलाई बाढीले बगाएको कारण केन्द्रीय प्रशारण लाइनको विद्युत सेवा निरन्तताका लागि आजदेखि प्राविधिक अध्ययन सुरु गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।

बाढीको कारण क्षतिग्रस्त भएका जलविद्युत केन्द्रहरुमा रसुवा स्थित रसुवागढी जलविद्युत केन्द्र १११ मेगावाट, लाङटाङ खोला २० मेगावाट, लाङटाङ–भोटेकोसी १२० मेगावाट, चिलिमे २२ मेगावाट, निर्माणाधीन अपर त्रिशूली–१ जलविद्युत आयोना २१६ मेगावाट छन् ।

यस्तै, नुवाकोट स्थित माथिल्लो त्रिशूली थ्री ‘ए’ ६० मेगावाट, निर्माणाधिन माथिल्लो त्रिशूली थ्री ‘बी’ ३७ मेगावाट, त्रिशूली जलविद्युत केन्द्र २१ मेगावाट, देवीघाट १४ मेगावाट र नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको २५ मेगावाटको सौर्यप्लान्टमा समेत क्षति पुगेको छ । ती संरचनाको अधिकांश पूर्ण क्षतिग्रस्त अबस्थामा रहेकाले सञ्चालनमा ल्याउन समय लाग्ने निर्देशक थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button