तपाईँ सुन्दै हुनुहुन्छः

इलाममा अपाङ्गता भएका  २५  वर्षिया आलोकद्वारा व्हिल  चियरबाटै मतदान 

इलाम । इलाममा अपाङ्गता भएका  २५  बर्षिया आलोक खतिवडाले  मतदान गर्नु भएको छ  ।

खतिवडाले महेन्द्र रत्न बहुमुखी क्याम्पस केन्द्रमा व्हील चियरमा बसेर मतदान गर्नु भएको छ । अपाङ्गता भएका युवा आलोक खतिवडाले व्हील चियरमा बसेर नै मतदान गर्नु भएको छ । उहाँले पहिलो पटक मतदान गर्नु भएको बताउनु भयो । यो मतदान स्थल अपाङ्गमैत्री भएकोले सहज रुपमा मतदान गर्न पाएको बताउनु भयो । विशेष परिस्थितिमा भएको निर्वाचन भएकोले आफूले मताधिकारको प्रयोग गरेको बताउनु भयो ।  मतदानमा सहभागी हुन पाएकोमा उत्साहित भएको बताउनु भयो ।

इलाममा ३ः३० सम्मको अपडेट अनुसार ५४ प्रतिशत मत खसेको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बताउनु भयो ।

इलाममा २ अस्थायी सहित एक सय ५० मतदान स्थल र २ सय ९० मतदान केन्द्र रहेका छन् । इलाममा  १ हजार ७  सय ४० कर्मचारी खटिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यसपटक इलाममा फागुन २० गतेसम्म १८ वर्ष पूरा मतदाता दुई लाख ३१ हजार आठ सय नौ जना रहेका छन् । 

जिल्लामा २ हजार ८३६ अस्थायी मतदाता रहेका छन् । दुई निर्वाचन क्षेत्र रहेको इलाममा २७ जना उम्मेदवार चुनावी मैदानमा छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button