भोटेकोशी बाढी : दोलखाका ६१ जना अझै सम्पर्क विहीन
दोलखा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परेर दोलखाका ६१ जना अझै सम्पर्क विहीन रहेको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ ।
बाढीमा परेका एक सय चार जना भने उद्धार भएको जिल्ला प्रशासन कार्यालय दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी सुरथ पोखरेलले जानकारी दिनुभयो ।
रसुवाको भोटेकोशीमा आएको बाढीमा परी दोलखाको गौरीशङ्कर गाउँपालिका वडा नम्बर– २ का गोपी नेपाली (मिलन), कमल खड्का (नानु), तिलक नेपाली (सागर) र केदार कार्की, वडा नम्बर– ८ का आङछिरीङ शेर्पा, वडा नम्बर– ५ का कृष्ण खत्री, वडा नम्बर– ९ का ताके तामाङ र मन बहादुर तामाङ सम्पर्क विहीन रहेको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ ।
त्यसैगरी भीमेश्वर नगरपालिका वडा नम्बर–४ का सुदर्शन चौलागाई र सुबिन्द्र नेपाली, वडा नम्बर– ५ का सिताराम श्रेष्ठ र दिनेश कार्की, वडा नम्बर– ७ का प्रकाश मोक्तान र अनिल बस्नेत, वडा नम्बर– ८ का बद्री बहादुर बस्नेत, रितेश बस्नेत र हरि ढकाल तथा वडा नम्बर– ९ का राजकुमार लामा सम्पर्क विहीन रहेको जनाइएको छ ।
त्यसैगरी तामाकोशी गाउँपालिका वडा नम्बर– २ का युवराज तामाङ, वडा नम्बर– ४ का रवी योगी, वडा नम्बर– ५ का दिपेन्द्र बजगाई तथा वडा नम्बर– ६ का डोल बहादुर फुयाँल पनि सम्पर्क विहीन रहेको जनाइएको छ ।
त्यस्तै, कालिञ्चोक गाउँपालिका वडा नम्बर–१ का देवी कुमारी गुरुङ र सोनाम पाख्रिन, वडा नम्बर–२ का कृष्ण बहादुर थामी, वडा नम्बर–४ का राजेश थामी, कृष्ण थामी, सविन थामी र रञ्जित थामी तथा वडा नम्बर–७ का बिक्रम खड्का र समिर बुढाथोकी सम्पर्क विहीन रहेको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ ।
त्यसैगरी शैलुङ गाउँपालिका वडा नम्बर–३ का कृष्ण बहादुर श्रेष्ठ, वडा नम्बर– ५ का रोहित कार्की तथा वडा नम्बर– ७ का गोपाल थामी, प्रतीक्षा भुजेल काफ्ले र गोपाल बहादुर कार्की सम्पर्क विहीन रहेको जनाइएको छ ।
त्यसैगरी विगु गाउँपालिकाका छिरीङ ठिलेन शेर्पा, आङ ङिमा शेर्पा, सुन्दर दमाई र पासाङ ल्हमु शेर्पा, मेलुङ गाउँपालिका वडा नम्बर– १ का शिसिर भुजेल, सन्तोष थपलिया, अनुज नेपाली, रामशरण रसाईली र मैया दहाल विमली तथा वडा नम्बर– ६ का नीर बहादुर श्रेष्ठ पनि सम्पर्क विहीन रहेको जनाइएको छ ।
त्यसैगरी बैतेश्वर गाउँपालिका वडा नम्बर– १ का सुजन श्रेष्ठ, वडा नम्बर–२ का सुरेश तामाङ, वडा नम्बर– ३ का जगत पाख्रिन र नर बहादुर तामाङ, वडा नम्बर– ६ का शङ्कर दहाल तथा वडा नम्बर–७ का रुद्र बहादुर खड्का र हरि बहादुर श्रेष्ठ सम्पर्क विहीन रहेको जनाइएको छ ।
त्यसैगरी जिरी नगरपालिकाका वडा नम्बर–६ का तेज जिरेल, वडा नम्बर– ७ का प्रकाश तामाङ र विजय खत्री, वडा नम्बर–८ का दिल बहादुर जिरेल तथा वडा नम्बर–९ का दान बहादुर तामाङ, भीम बहादुर तामाङ, पेम्बा घिसिङ र बोस बहादुर तामाङ सम्पर्क विहीन रहेको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ ।
रसुवाको भोटेकोशीमा आएको बाढीपछि सम्पर्क विहीन रहेकाहरूको विवरण सम्बन्धित पालिकाहरूबाट उपलब्ध भएको सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनुभयो । सम्पर्क विहीनहरूको खोजीको लागि जिल्ला प्रशासन कार्यालय दोलखाले गृह मन्त्रालय तथा रसुवा र नुवाकोटको स्थानीय प्रशासनसँग नियमित सम्पर्क गरिरहेको सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलको भनाई छ ।
सम्पर्क विहीन रहेका व्यक्तिको परिवार मध्ये ११ जनाले सदरमुकाम चरिकोटस्थित पशुपति चौलागाई स्मृति अस्पतालमा डिएनए दिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक सन्तोष खड्काले बताउनुभयो । अन्य केहीले काठमाडौँ लगायत पाएक पर्ने अस्पतालमा समेत डिएनए दिएको जानकारी आएको भए पनि संख्या भने नखुलेको प्रहरी निरीक्षक खड्काले बताउनुभयो ।
सम्पर्क विहीन रहेकाहरू मध्ये केही व्यक्तिका परिवारले भने आफ्नो धार्मिक परम्परा अनुसार अन्तिम संस्कार समेत गरिसकेको सम्बन्धि पालिकाहरुले जनाएको छ ।
दोलखाको भीमेश्वर नगरपालिका, कालिञ्चोक गाउँपालिका, गौरीशङ्कर गाउँपालिका लगायतले बाढीमा परी मृत्यु भएका तथा बेपत्ताका परिवारलाई एक लाख रुपैयाँ सहयोग गर्ने निर्णय समेत गरेका छन् । मेलुङ लगायतका केही पालिकाहरुले पनि मृतक तथा सम्पर्क विहीनका परिवारलाई सहयोगको निर्णय गर्ने जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्