तपाईँ सुन्दै हुनुहुन्छः

राजविराज प्रसूति घटनाको छानविन गर्न बनेको समितिद्वारा प्रतिवेदन पेश

जनकपुरधाम ।  गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल राजविराजमा प्रसूति सेवामा भएको समस्याका बारेमा अध्ययन गर्न बनेको समितिले आफ्नो प्रतिवेदन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा बुझाएको छ ।

सो अस्पतालमा प्रसूति सेवाका लागि आएका दलित महिलाले सेवा नपाएको र बाहिर सडक पेटीमा शिशुलाई जन्म दिएको घटनाको सत्यतथ्य छानबिनका लागि नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा. सुप्रभात श्रेष्ठको संयोजकत्वमा गठित छानविन समितिले अस्पतालको स्थलगत अनुगमन तथा निरीक्षण पछि प्रतिवेदन तयार गरेर मन्त्रालयलाई बुझाएको हो ।

प्रतिवेदन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा मन्त्रालयका सचिव डा. विकास देवकोटालाई समितिका संयोजक डा. श्रेष्ठले प्रतिवेदन बुझाउनुभएको हो । 

स्थलगत अनुगमन तथा अध्ययन टोलीमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका विज्ञ डा. पवनजंग रायमाझी सहित नेपाल मेडिकल काउन्सिलका विज्ञ तथा सदस्यहरू डा. विजय कापरी, डा. अजयकुमार शाह, डा. सारिका गोइत र डा. रविन बस्नेत सहभागी रहनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button