तपाईँ सुन्दै हुनुहुन्छः

महोत्तरीमा दिउँसो ३ बजेसम्म १ लाख ७८ हजार ३ मत खस्यो

बर्दिबास । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत महोत्तरीमा दिउँसो ३ बजेसम्म १ लाख ७८ हजार ३ मत खसेको छ । 

जिल्ला प्रशासन कार्यालयकाअनुसार हालसम्म १ लाख ७८ हजार ३ मतदाताले मतदान गरिसकेका छन् । यो कुल मतको ४१.२७ प्रतिशत मत हो ।

जिल्ला प्रशासन कार्यालय महोत्तरीका प्रशासकीय अधिकृत कामेश्वर यादवले दिनु भएको जानकारी अनुसार दिउँसो ३ बजेसम्म जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा गरी ४१.२७ प्रतिशत मतदान भएको जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाभर उत्साहका साथ मतदाताले मतदान गरिरहेका छन् ।

महोत्तरीमा कुल चार लाख ३१ हजार २८२ मतदाता रहेका छन् । मतदानका लागि जिल्लाका विभिन्न स्थानमा २५८ मतदानस्थलमा ५३६ मतदान केन्द्र कायम गरिएको छ ।

निर्वाचनलाई शान्तिपूर्ण, स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गराउन सुरक्षा निकाय परिचालित रहेका छन् । जिल्लाभर भइरहेको निर्वाचन शान्तिपूर्ण रूपमा जारी रहेको छ। 

प्रतिक्रिया राख्नुहोस्

Back to top button