तपाईँ सुन्दै हुनुहुन्छः

भारत र चीनसँग जोडिएको सीमा नाका बन्द

ताप्लेजुङ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले भारत र चीनसँग जोडिएको सीमा बन्द गरेको छ । 

प्रशासनले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै सोमबार मध्यरातदेखि पूर्वतर्फ भारत — सिक्किम र उत्तरतर्फ चीन— तिब्बतसँग सीमा जोडिएको नाका बन्द गरेका हुन । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र सुरक्षित वातावरणमा सम्पन्न गर्ने उद्देश्यसहित सीमानाका पूर्ण रूपमा बन्द गरिएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइले जानकारी दिनुभयो । 

गृहमन्त्रालय मार्फत प्राप्त निर्वाचन आयोगको निर्देशन एवम् जिल्ला सुरक्षा समितिको फागुन १८ गते निर्णय बमोजिम ताप्लेजुङमा गयराति राति १२ बजेदेखि फागुन २१ गते राति १२ बजेसम्मको अवधिमा सीमानाका बन्द गर्ने निर्णय गरिएको प्रशासनले जनाएको छ । शान्तिपूर्ण तबरले निर्वाचन सम्पन्न गर्न निर्वाचनको समयमा दुवै मुलुकले ७२ घण्टा सीमानाका बन्द गर्ने परम्परा छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button