सञ्चारकर्मीलाई निर्वाचन आचारसंहिता पालना गर्न महासङ्घको आग्रह
धनगढी। नेपाल पत्रकार महासङ्घका वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले निर्वाचन आचार संहिताको पूर्ण पालना गर्न सञ्चारकर्मीलाई आग्रह गर्नुभएको छ ।

धनगढीमा आयोजित निर्वाचन रिपोर्टिङ र निर्वाचन आचार संहिता अभिमुखीकरणमा वरिष्ठ उपाध्यक्ष आचार्यले निर्वाचन रिपोर्टिङ गर्दा निर्वाचन आचार संहिताको पूर्ण पालना गर्नु पत्रकार र सञ्चार गृहको कर्तव्य एवं पेसागत धर्म भएको बताउनुभयो । उहाँले निर्वाचन प्रतिकुल हुने गरी समाचार प्रकाशन र प्रसारण गर्न नहुनेमा जोड दिनुभयो ।
पत्रकारिता क्षेत्रको विश्वसनीयता कायम राख्नका लागी आम पत्रकारले सचेत रहनु पर्ने उल्लेख गर्दै पत्रकार महासङ्घले निर्वाचन रिपोर्टिङको सहजताका लागि भनेर सबै प्रदेशमा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको वरिष्ठ उपाध्यक्ष आचार्यले जानकारी दिनुभयो ।
नेपाल पत्रकार महासङ्घद्वारा आयोजित उक्त कार्यक्रममा तीन दर्जन बढी पत्रकारको सहभागिता रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्