तपाईँ सुन्दै हुनुहुन्छः

काँग्रेसप्रति मतदाताहरूको उत्साह बढेको छ – महामन्त्री घिमिरे

विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले नेपाली काँग्रेसप्रति मतदाताहरूको उत्साह बढेको बताउनुभएको छ ।

मोरङ क्षेत्र न ४ वाट प्रतिसभा सदस्य निर्वाचनका लागि नेपाली काँग्रेसबाट उम्मेदवारी दिनुभएका महामन्त्री घिमिरेले आफ्नो निर्वाचन क्षेत्रमा आज आयोजित कोणसभा तथा घरदैलो कार्यक्रममा बोल्दै कांग्रेसको विशेष महाधिवेशन पछि पार्टी प्रति युवाहरूको आकर्षण बढेको बताउनुभयो ।

विशेष महाधिवेशनपछि पार्टी रूपान्तरण भएसँगै पार्टी नयाँ नीति, कार्यक्रम तथा नयाँ गतिका साथ अघि बढेको उहाँको भनाई थियो । 

मोरङको चार नम्बर क्षेत्र नेपाली कांग्रेसको बलियो जनाधार भएको चर्चा गर्दै उहाँले मतदाताको चाहना अनुसार विकास, समृद्धि, स्वास्थ्य, शिक्षा, रोजगारी, तटबन्ध जस्ता विषयलाई आफूले चुनावी  एजेन्डा बनाएको बताउनुभयो ।

पहुँच र शक्तिको भरमा बजेट विनियोजन गर्ने भन्दा पनि जनताको आवश्यकता हेरेर प्राथमिकताको आधारमा विकास निमार्णको कामलाई अघि बढाउनु अहिलेको आवश्यकता रहेको उहाँको भनाई थियो ।  

महामन्त्री घिमिरेले मतदाताहरूलाई ठुलाठुला आश्वासन दिने भन्दा पनि काम गर्न सक्ने सम्भावनाका क्षेत्रहरूमा आवश्यक विकास निमार्णका कामलाई अघि बढाउने र यो निर्वाचन क्षेत्रलाई विकासमा रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले निर्वाचन क्षेत्रलाई राजनीतिक गर्ने थलो बनाउनु भन्दा पनि विकास निमार्णको थलो बनाउने आफ्नो योजना रहेको प्रष्ट पार्नुभयो । 

महामन्त्री घिमिरेले नेपाली काँग्रेसले भोली  पार्टीको प्रतिज्ञा पत्र सार्वजनिक गर्न लागेको जानकारी गराउँदै सो प्रतिज्ञा पत्रमा समग्र देशको चित्रण सहित आवश्यक विकास निमार्णका प्राथमिकता निर्धारण हुने र त्यसले आफ्नो निर्वाचन क्षेत्रको कतिपय विषयलाई  संवोधन समेत गर्ने उल्लेख गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button