प्रत्यक्षतर्फ १ करोड ३७ लाख ९१ हजार मतपत्र छपाइ सम्पन्न
काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि प्रत्यक्ष तर्फ हालसम्म १ सय १० निर्वाचन क्षेत्रका कूल १ करोड ३७ लाख ९१ हजार मतपत्र छपाई कार्य सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ ।
४७ जिल्लाको लागि छपाइ सम्पन्न भइ प्याकिङ समेत भइसकेको आयोगका सहायक प्रवक्ता कुल बहादुर जि.सी. ले जानकारी दिनुभयो ।
आज रुकुम पूर्व, दाङ र बाँके जिल्लाको लागि मतपत्र छपाइ सम्पन्न भएको सहायक प्रवक्ता जि.सी.ले जानकारी दिनुभयो








प्रतिक्रिया राख्नुहोस्