तपाईँ सुन्दै हुनुहुन्छः

जेन–जी आन्दोलन क्षतिपूर्ति : निर्जीवन बीमा कम्पनीबाट ५ अर्ब ४८ करोड भुक्तानी

काठमाडौँ । नेपाल बीमा प्राधिकरणले हालसम्म निर्जीवन बीमा कम्पनीले जेनजी आन्दोलनका क्रममा भएको क्षतिमा परेको कुल दाबीमा ५ अर्ब ४८ करोड २५ लाख रुपैयाँ भुक्तानी गरेको जनाएको छ । 

जेन–जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको निर्जीवन बीमा कम्पनीहरूमा कुल ३ हजार ३१६ वटा बीमा दाबी परेको थियो । जुन करिब २३ अर्ब ४७ करोड रकम बराबरको थियो । 

प्राधिकरणमा १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त अद्यावधिक तथ्याङ्क अनुसार, कम्पनीहरूबाट अग्रिम भुक्तानी समेत गरी भुक्तानी भएको कूल दाबी रकममध्ये सम्पत्ति बीमातर्फ कूल ७१२ वटा बीमा दाबीको दाबी रकम करिब १९ अर्ब ५ करोडमध्ये करिब ३ अर्ब ९३ करोड ५९ लाख र मोटर बीमातर्फ कूल २ हजार ३२१ वटा बीमा दाबीको दाबी रकम करिब ३ अर्ब ४६ करोड १६ लाखमध्ये करिब १ अर्ब ३९ करोड २५ लाख भुक्तानी भएको जनाइएको छ ।

जेन–जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबी भुक्तानीका लागि नेपाल पुनर्बीमा कम्पनीले निर्जीवन बीमा कम्पनीहरूलाई करिब ३ अर्ब २ करोड अग्रिम भुक्तानीसहित पुनर्बीमा दाबी भुक्तानी गरेको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button