शीतलहर चलेपछि नेपालगन्जका विद्यालयमा जाडो बिदा
नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका विद्यालयमा जाडो बिदा दिइएको छ । शीतलहर चलेसँगै अत्यधिक चिसो बढेपछि आइतबारदेखि जाडो बिदा दिइएको शिक्षा महाशाखा प्रमुख गोर्ख बहादुर थापाले जानकारी दिनुभयो ।

नेपालगन्ज उपमहानगरपालिकाले आज सूचनामार्फत पुस ११ गतेदेखि १४ गतेसम्म जाडो बिदा दिएको जनाएको छ । पुस लागेसँगै बाक्लो कुहिरो र शीतलहरले नेपालगन्जको जनजीवन प्रभावित भएको छ ।







प्रतिक्रिया राख्नुहोस्