तपाईँ सुन्दै हुनुहुन्छः

नहरमा डुबेर महिलाको मृत्यु

वीरगंज । बारामा आज नहरमा डुबेर एक महिलाको मृत्यु भएको छ ।

बाराको कलैया उपमहानगरपालिका बाडा नम्बर–२७ मा नहरमा  जमेको पानीमा डुबेर स्थानीय ५० वर्षीया इन्दु देवी कोइरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । 

घरबाट बिहान निस्किएकी इन्दु देवी कोइरी ३ घण्टा सम्म घर नफर्किएपछि परिवारले खोजतलास सुरु गरेका थिए ।  सो क्रममा इन्दु देवीले लगाएको सल बरवा–पारता टोलस्थित सिँचाइ नहरमा देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेको कलैया उपमहानगरपालिका–२७ का वडा अध्यक्ष अशोक कुमार तिवारीले जानकारी दिनुभयो । 

घटनाबारे जिल्ला प्रहरी कार्यालय बाराले थप अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button