दुई दिन स्थगित भएको कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै
काठमाडौं । दुई दिनका लागि स्थगित गरिएको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज (मंगलबार) बस्दैछ।
केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु हुनेछ।
पूर्वमन्त्री तथा पार्टीका पूर्व केन्द्रीय सदस्य मोहम्मद अफताव आलमको निधनप्रति श्रद्धाञ्जलि स्वरूप आइतबार र सोमबारका लागि स्थगित गरिएको बैठक आज पुनः बस्न लागेको हो।
असोज २८ गतेदेखि सुरु भएको बैठकमा पार्टीको १५औँ महाधिवेशन सम्बन्धी विषयमा निरन्तर छलफल भइरहेको छ। करिब एक महिनादेखि जारी बैठकमा नियमित कि विशेष महाधिवेशन गर्ने भन्ने विवाद अझै समाधान हुन सकेको छैन।
संस्थापन पक्षले तत्काल महाधिवेशन नगर्ने तयारी गरेको छ भने अर्को पक्षले नियमित महाधिवेशन नभए विशेष महाधिवेशन गर्नैपर्ने अडान लिएको छ। यसबीच, दुवै पक्षले छुट्टाछुट्टै महाधिवेशन कार्यतालिका पनि प्रस्तुत गरिसकेका छन्।







प्रतिक्रिया राख्नुहोस्