देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन : जल तथा मौसम विभाग
काठमाडौँ। हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । जल तथा मौसम विभागका अनुसार आज दिउँसो सबै प्रदेशको पहाडी भू भागमा आंशिक बदली रही बाँकी भू भागमा मुख्यतया सफा रहने छ ।
कोशी, कर्णाली प्रदेशका पहाडी भू भागका एक दुई स्थानमा हल्का बर्षाको सम्भावना रहेको छ । विभागका अनुसार आज राती देशभरको मौसम मुख्यताया सफा रहने छ ।
प्रतिक्रिया राख्नुहोस्