मलामी सवार ट्याक्टर दुर्घटनामा ३ जनाको मृत्यु, १२ घाइते
धनगढी । कैलालीमा मलामी सवार ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन् ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत धोवेनीखोलामा मलामी सवार सु.प.प्र.०१-००२ त ४९९१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा बर्दगोरिया गाउँपालिका ४ का शीतल साउद, हर्क साउद र दान बहादुर साउदको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी राजकुमार सिंहले बताउनु भयो । दुर्घटनामा घाइते भएमा मध्य ५ जनाको अवस्था गम्भीर रहेको र घाइते सबैको लालरत्न अस्पताल लम्कीमा उपचार भइरहेको उहाँले बताउनुभयो ।
बदर्गारियाबाट मलामी लिएर कर्णाली नदीतर्फ जाँदै गरेको उक्त ट्याक्टर लम्किचुहा नगरपालिका स्थित धोवेनीखोलामा दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया राख्नुहोस्