फुलबरिया गाउँमा १५ घर क्षतिग्रस्त
महोत्तरी । अविरल वर्षाका कारण महोत्तरीको औरह नगरपालिका–२ फुलबरिया गाउँको जनजीवन अस्तव्यस्त बनेको छ।

जङ्गहा खोलामा आएको बाढीको पानी बस्तीमा पसेपछि १५ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।
बस्तीमा बाढी पसेपछि सुरक्षित स्थानतर्फ सरेका स्थानीयबासी अत्यावश्यक सहयोगको प्रतीक्षामा छन्।
प्रतिक्रिया राख्नुहोस्