तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपतिले टीका लगाउनुभयो

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीका दिन आज पुरोहित द्वय अर्जुन अधिकारी र देवराज अर्यालबाट ११ः५३ को शुभ साइतमा टीका लगाउनुभयो । 

राष्ट्रपति भवन शीतल निवासमा  राष्ट्रपति पौडेलले टीका लगाउनुभएको राष्ट्रपति कार्यालयका सूचना अधिकारी अर्चना खड्काले जानकारी दिनुभयो ।

त्यसपछि राष्ट्रपति पौडेलले प्रथम महिला सविता पौडेल तथा परिवारका अन्य सदस्यलाई टीका लगाइदिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button