तपाईँ सुन्दै हुनुहुन्छः

महोत्तरीको भंगहा तथा बर्दिवासमा मृत्यु हुनुको कारण कोरना नभएको पुष्टि

जनकपुरधाम । महोत्तरीको भंगहा तथा बर्दिवास नगरपालिकामा मृत्यु भएका मध्ये दुई जनाको स्वावको परीक्षण गर्दा रिपोर्ट निगेटिभ आएकाले उहाहरुको मृत्यु कोरोनाबाट नभएको पुष्टि भएको छ ।

दुवै पालिकामा गरेर हालसम्म १२ जनाको मृत्यु भएपछि सबैमा कोरोनाको त्रास बढेको बेलामा गरिएको स्वावको संकलन एवं परीक्षणले मृत्युको कारण अत्यधिक मदिराको सेवन वा अन्य नै कारणबाट भएको प्रदेश नंं २ का सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

बैशाख १६ गते देखि आजसम्म गरेर १२ जनाको मृत्यु भएपछि स्थानीय बाँसीमा त्रास फैलिएको वेलामा बर्दिवासका ५५ र भंगहा नगरपालिकाका ५७ वर्षका पुरुषको स्वाव संकलन गरेर पि सि आर मेसिनबाट केन्द्रीय प्रयोगशालामा परीक्षण गर्दा दुवै जनाको रिपोर्ट निगेटिभ आएको प्रदेश नंं २ का सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले जानकारी दिनु भयो ।

मृतक मध्ये कतिपयको अत्यधिक रक्सी र अन्य रोगका कारणले मृत्यु भएपनि अहिलेसम्मको अनुसन्धानबाट खुलेको र सो ठाउँमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य कर्मी तथा विश्व स्वास्थ्य संगठनका टोली परिचालन गर्ने कामकाज भईरहेको सचिव डा. घिमिरेले जानकारी दिनु भयो ।

उहाँले विना पुष्टिको आधारमा समाचार सम्प्रेषण नगरिदिनका लागि आग्रह गर्दै सामाजिक विकास मन्त्रालयले यसले आम जनतामा त्रास सृजना गर्ने काम गरेकाले भन्दै समाचारको पुष्टि पछि मात्र दिनका लागि पत्रकारहरुमा आग्रह गर्नु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button