केन्द्रिय कारागार सुनधाराबाट भागेका कैदी ताप्लेजुङबाट पक्राउ
ताप्लेजुङ। जेन—जी आन्दोलनका क्रममा केन्द्रीय कारागार काठमाडौँबाट भागेका एक जनालाई ताप्लेजुङमा पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार जबरजस्ती करणी कसुरमा दोषी ठहरिएका ताप्लेजुङ फुङलिङ वडा नं ७ बस्ने २७ वर्षीय आयुस पालुङवा पक्राउ परेका हुन ।
आन्दोलनको क्रममा केन्द्रिय कारागार जगन्नाथ देवल सुन धारबाट गत २४ गते फरार रहेका पालुङवालाई फुङलिङ नगरपालिका वडा नं ६ आलुचौकस्थित साथीको घरमा लुकिछिपी बसेको गोप्य सूचनाका आधारमा प्रहरीले छापामारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना प्रहरी उपरिक्षक विवेक बस्नेतले जानकारी दिनुभयो । शनिबार पक्राउ परेका पालुङवालाई हाल ताप्लेजुङ कारागारमा राखेर त्यसपछि स्थानान्तरण गरिने प्रहरीले बताएको छ ।
जिल्ला अदालत ताप्लेजुङले जबरजस्ती करणी मुद्दामा ८ वर्ष ६ महिना कैद सजाय तोकेकोमा ५ वर्ष भुक्तानी गरिसकेको प्रहरीको भनाई छ ।
प्रतिक्रिया राख्नुहोस्