गन्नीगाडमा एक मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण हुने
बैतडी । बैतडीको डिलाशैनी गाउँपालिकामा गन्नीगाड साना जलविद्युत् आयोजना निर्माण हुने भएको छ ।
डिलाशैनी –१ र २ मा रहेको गन्नीगाड खोलको पानी सदुपयोग गर्ने कञ्चन ऊर्जा प्रालिले उक्त आयोजना निर्माण गर्ने भएको हो । एक मेगावाट क्षमता उक्त आयोजनाको हालै शिलान्यास गरिएको छ । सो अवसरमा प्रवद्र्धक कम्पनी अध्यक्ष अनिश गौतम, स्थानीय जनप्रतिनिधि जनकुमार घरडी र इन्जिनियर डा कृष्णप्रसाद दुलालको उपस्थिति रहेको थियो ।
कञ्चन ऊर्जा प्रालि र नेपाल विद्युत् प्राधिकरणवी २०८० मङ्सिर १९ गते आयोजनाको विद्युत् खरिदबिक्री सम्झौता भइसकेको अध्यक्ष गौतमले बताउनुभयो ।
उहाँका अनुसार अबको एक वर्ष ६ महिनापछि विद्युत् उत्पादन गरिसक्ने लक्ष्यसहित दसैँपछि आयोजना निर्माण धमाधम गरिने छ ।
आयोजनाले उत्पादनको गरेको विद्युत् बलाँच सवस्टेशनमार्फत राष्ट्रिय प्रणालीमा जोडिने कम्पनीका प्रतिनिधि दीपेन्द्रबहादुर रानाले बताउनुभयो । आयोजनामा लगानी गर्न इच्छुक स्थानीय प्रभावित तथा जिल्लावासीका लागिसमेत लगानीको अवसर प्रदान गरिने जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्