तपाईँ सुन्दै हुनुहुन्छः

जेन–जी आन्दोलनको क्रममा लुटपाटमा संलग्न थप एक पक्राउ

नेपालगञ्ज। बाँकेमा जेन–जी आन्दोलनको क्रममा लुटपाटमा संलग्न थप एक जना पक्राउ परेका छन् ।

बाँके प्रहरीका अनुसार नेपालगञ्ज उपमहानगरपालिकामा आगजनी र तोडफोडका क्रममा सोफा चोरेर लगेका नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १२ कोरियनपुरका २० वर्षीय मोहम्मद आदिल पक्राउ परेका छन् । 

यो सँगै बाँकेमा भदौ २४ गते आन्दोलनका क्रममा आगजनी, तोडफोड र लुटपाटमा संलग्न तीन जना व्यक्ति पक्राउ परिसकेका छन् । आगजनीमा संलग्न भएको आरोपमा यस अघि जयसपुरका शालिकराम पाठक र दिपक टमाटालाई पनि प्रहरीले पक्राउ गरेको थियो । अन्य शङ्कास्पद व्यक्तिहरूको पहिचान गर्ने र खाजी गर्ने कार्य चलिरहेको प्रहरी नायब उपरीक्षक दीपक पातलीले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय बाँकेले पनि आन्दोलनको क्रममा सार्वजनिक तथा व्यक्तिगत संरचनामाथि आगजनी, तोडफोड र लुटपाट गर्ने व्यक्तिहरूलाई पक्राउ गर्न प्रहरीलाई लिखित रूपमा निर्देशन दिइसकेको जनाएको छ । प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले विध्वंस मच्चाउने कसैलाई नछोडिने चेतावनी दिनुभएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button