संविधान रक्षा गर्न एकढिक्का हुन पूर्वराष्ट्रपति भण्डारीको आह्वान
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले देशलाई राजनीतिक अस्थिरता र अन्योलतातर्फ धकेलिन नदिन राजनीतिक दलहरुले मिहिनेतपूर्वक काम गर्नुपर्ने बताउनुभएको छ ।
संविधान दिवसको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै पूर्वराष्ट्रपति भण्डारीले देशको सार्वभौमसत्ता, अखण्डता र स्वाधिनता अटल राख्न सबै जिम्मेवारी पक्षले परिस्थितिको सुक्ष्म विश्लेषण गरी विवेकपूर्ण ढंगले अग्रसर हुनपर्ने बताउनुभएको हो ।
उहाँले वर्तमान परिस्थितिमा दलहरु बीचको आपसी प्रतिस्पर्धालाई थाँती राख्दै, मनोमालिन्यता र तिक्ततालाई हटाएर संविधानको रक्षा र लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि एक ढिक्का हुन आह्वानसमेत गर्नुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्