तपाईँ सुन्दै हुनुहुन्छः

‘वर्तमान सरकारको मुख्य कार्यभार तोकिएको मितिमा निष्पक्ष निर्वाचन’

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नागरिक समाजका अगुवाहरूले वर्तमान सरकारको मुख्य कार्यभार तोकिएको मितिमा स्वतन्त्र र निष्पक्ष निर्वाचन रहेको बताउनुभएको छ । 

आज राष्ट्रपतिलाई लिखित निवेदन दिँदै उहाँहरूले समयमै निर्वाचन सम्पन्न गराउनु र संवैधानिक व्यवस्थालाई यथावत् रुपमा क्रियाशील गराउनु सरकारको दायित्व रहेको उल्लेख गर्नुभएको छ । 

निवेदकहरूमा महेशकुमार मास्के, मल्ल के सुन्दर, परशुराम तामाङ, रत्नसंसार श्रेष्ठ, कुन्दन अर्याल, जगत देउजा, टिकाराम भट्टराई, कनकमणी दीक्षित, चण्डेश्वर श्रेष्ठ, राजेन्द्र महर्जन, गीता त्रिपाठी, बिन्दु शर्मा, शरद बन्त सुशीला प्याकुरेललगायत हुनुहुन्थ्यो । 

त्यस्तै, उहाँहरूले सुशासनसँगै अभिव्यक्ति स्वतन्त्रताको पक्षमा उठेको जनेनी पुस्ताको आन्दोलन र मागप्रति आफूहरूको समर्थन रहेको उल्लेख गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button