सरकारी कार्यालय आगजनीको आरोपमा दुई जना पक्राउ
नेपालगन्ज । ‘जेनजी आन्दोलनका क्रममा नेपालगन्जका सरकारी कार्यालयमा आगजनी, तोडफोड र लुटपाटमा संलग्न रहेको आरोपमा बाँके प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जयसपुरका शालिकराम पाठक र दीपक टमाटालाई पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
आगजनी, तोडफोड र लुटपाटमा संलग्न अन्य व्यक्तिहरूलाई पनि पहिचान गरेर पक्राउ गरिने बाँके प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक पातलीले बताउनुभयो । सामाजिक सञ्जालमा सार्वजनिक भिडिओहरूमा पाठक नेपालगन्ज उपमहानगरपालिका, आन्तरिक राजश्व कार्यालयमा आगजनी गर्ने क्रममा अग्रपङ्क्तिमा देखिएका छन् ।








प्रतिक्रिया राख्नुहोस्