तपाईँ सुन्दै हुनुहुन्छः

बुढिगंगामा बगेर २२ वर्षीय युवकको मृत्यु

बाजुरा । बाजुरामा बुढिगंगा नदीले बगाउँदा एक जना युवकको मृत्यु भएको छ।

मृत्यु हुनेमा जिल्लाको बडीमालिका नगरपालिका वडा नम्बर-२ घागरका अन्दाजी २२ वर्षीय हिमाल महत रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

घर बाट माछा मार्न गएका महतलाई बुढिगंगा नदीले बगाएर मृत्यु भएको प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक इकवाल हवारीले बताउनुभयो ।

माछा मार्न गएका महत हिजो अबेर साँझ सम्म पनि घर नफर्किएपछि आफन्तले प्रहरीलाई जानकारी गराएको थियो ।

घटनाको जानकारी पश्चात् जिल्ला प्रहरी कार्यालय बाजुराबाट गएको प्रहरी टोलीले खोजी गर्दा महतको शव बगाएको ठाउँबाट करिब ३ किलोमिटर तल बिरेखोला नजिकै आज बिहान फेला पारेको जिल्ला प्रहरीले जनाएको छ ।

अविरल वर्षा सँगै बुढिगंगा नदीको बहाव समेत निकै बढेको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button