तपाईँ सुन्दै हुनुहुन्छः

मधेश प्रदेशलाई छुट्टयाइएको रासायनिक मलको कोटा वृद्धि हुने

काठमाडौँ । मधेश प्रदेशलाई छुट्टयाइएको रासायनिक मलको कोटा वृद्धि गर्ने निर्णय भएको छ। हाल करिब २७।१६ प्रतिशत अनुदानको मल प्रदेशलाई छुट्टयाइएको छ।

संघीय सरकारले गत साउन ७ गते मधेसलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरेपछि कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको नेतृत्वमा जनकपुरमा भएको बैठकले कोटा वृद्धि गर्ने सहमति गरेको हो।

बैठकमा मुख्यमन्त्री सतिश कुमार सिंह, प्रदेश कृषि मन्त्री जनार्दन सिंह क्षेत्री, विभिन्न दलका सांसद र सम्बन्धित निकायका उच्च अधिकारीहरू सहभागी हुनुहुन्थ्यो । 

बैठकले मधेशका सुख्खा क्षेत्रमा तत्काल सिँचाइको व्यवस्था गर्न, दीर्घकालीन समाधानका लागि पहल गर्न र उखु किसानलाई उपलब्ध हुने अनुदान रकम प्रदान गर्न निर्णय गरेको छ। साथै, प्राङ्गारिक मल प्रवर्द्धन, माटो सुधार तथा कृषि पूर्वाधारमा लगानी बढाउने कार्यक्रम अघि बढाउने पनि सहमति भएको छ।

बैठकमा मन्त्री अधिकारीले उठेका विषय तत्काल सम्बोधन गर्न प्रदेश र स्थानीय सरकारसँग सहकार्य गर्दै छोटो, मध्यम र दीर्घकालीन योजना ल्याइने जानकारी दिनुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button