तपाईँ सुन्दै हुनुहुन्छः

हेटौँडा–काठमाडौँ सडक पूर्ण रूपमा सञ्चालनमा

बागमती । हेटौँडा–काठमाडौँ जोड्ने हेटौँडा–भिमफेदी–सिस्नेरी–काठमाडौँ सडक सञ्चालनमा आएको छ । 

उक्त सडक खण्डअन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ ज्यामिरेमा खसेको सुक्खा पहिरो पन्छाएपछि आज बिहानदेखि सडक पूर्ण रूपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । सडकमा माथिबाट पहिरो खस्दा उक्त सडक शनिवारदेखि अवरुद्ध भएको थियो । 

अवरुद्ध सडकबाट पहिरो हटाइएपछि सडक सञ्चालनमा आएको प्रहरी नायब उपरीक्षक अर्यालले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button