तपाईँ सुन्दै हुनुहुन्छः

एक सय २२ करदाता कारबाहीमा

वाग्मती। हेटौँडास्थित आन्तरिक राजस्व कार्यालयले लामो समयदेखि कर नबुझाएका १२२ करदाता कारबाहीमा परेका छन् ।

लामो समयदेखि मूल्य अभिवृद्धि, आयकर, अन्तःशुल्क तथा अग्रिम करकट्टीको बक्यौता नबुझाउने १२२ जना करदातामाथि कारबाहीको प्रक्रिया अघि बढाइएको उक्त कार्यालयका प्रमुख युक्तप्रसाद सुवेदीले बताउनुभयो ।

अब निर्धारित मितिमा बक्यौता दाखिला नगरे बैंक खाता, घरजग्गा तथा आयातनिर्यात रोक्का गरिने चेतावनी प्रमुख सुवेदीले दिनुभएको छ । कर नबुझाउनेहरूको अभिलेख तयार भएको उहाँले बताउनुभयो । साथै नियमित बजार अनुगमनपछि आर्थिक वर्ष २०८१÷८२ मा करदाता बढेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button