बाढीको जोखिम रहेको भन्दै सचेत रहन जिप्रका, चितवनको अनुरोध
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले त्रिशूली र नारायणी नदी आसपासमा बाढीको जोखिम रहेको भन्दै सचेत रहन सर्वसाधारणलाई अनुरोध गरेको छ ।

त्रिशूली नदीको रसुवा र नुवाकोटको माथिल्लो भूभागमा नदीको बहाब बढ्न गई सडक तथा पुलमा क्षति पुर्याएपछि सचेत रहन चितवन प्रशासनले आग्रह गरेको हो । प्रशासनले एक सूचना जारी गर्दै चितवन जिल्लाको त्रिशूली नदीको किनारका दुवैतर्फ पानीको बहाब बढ्नसक्ने जनाएको छ ।
यस्तै नारायणी नदी किनारका क्षेत्रमा माछा मार्ने, दाउरा सङ्कलन गर्ने, बालुवा झिक्ने जस्ता जोखिमयुक्त कार्यहरू नगर्न नगराउन अनुरोध गरिएको छ । बाढीको जोखिम बढेपछि आज बिहान प्रहरीले स्थानीयलाई सचेत गराउन माईकिङ्ग समेत गरेको छ ।
हाल नारायणी नदीको सतह ४ दशमलब ८२ मिटर रहेको छ । ९ मिटर भन्दा माथिको विन्दुलाई खतरा मानिन्छ ।
प्रतिक्रिया राख्नुहोस्