ताप्लेजुङका ६ पालिकामा लम्पी स्किनको सङ्क्रमण पुष्टि
ताप्लेजुङ । ताप्लेजुङको नौ पालिकामध्ये ६ पालिकाका ३४ पशुचौपायामा लम्पी स्किनको सङ्क्रमण पुष्टि भएको छ ।

भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ताप्लेजुङका प्रमुख डा.रोशन दाहालका अनुसार सबै भन्दा बढी मेरिङदेन गाउँपालिकाका १० र सबै भन्दा कम सिदिङ्वा गाउँपालिकाका २ पशुमा सङ्क्रमण देखिएको हो ।
यता सिरिजंघा गाउँपालिकाका ५, फक्ताङलुङ गाउँपालिकाका २, फुङलिङ नगरपालिकाका ७ र आठराई त्रिवेणी गाउँपालिकाका ८ वटा पशुचौपयामा लम्पी स्किनको सङ्क्रमण पुष्टि भएको हो । जिल्लाका मिक्वाखोला, पाथीभरा याङवरक र मैवाखोला गाउँपालिकामा भने हालसम्म सङ्क्रमण नदेखिएको डा.दाहालले बताउनुभयाे ।

लक्षण र पशु पालकले दिएको सूचनाका आधारमा जिल्लाका सबै स्थानीय तहमा पुगी पशुको नमूना सङ्कलन गरी परीक्षणका लागि पठाइएको प्रमुख डा.दाहालले बताउनुभयो । थप सङ्क्रमण बढ्न नदिनका लागि सम्बन्धित स्थानीय तह, भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तथा मातहतका निकायमार्फत रोकथामका रणनीति अघि बढाइएको छ ।
सङ्क्रमित पशुचौपायालाई छुट्टै गोठको व्यवस्था गरी राखिएको छ । संक्रमण देखिन थालेपछि यस आर्थिक वर्षको पछिल्लो समयमा ४ हजार ७ सय ५० पशुचौपायालाई खोप लगाइ सकिएको छ ।








प्रतिक्रिया राख्नुहोस्