तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा करिब ११ प्रतिशत मात्रै धान रोपाइँ

नेपालगञ्ज । बाँकेमा करिब ११ प्रतिशत मात्रै धान रोपाइँ भएको छ ।

जिल्लाका आठ वटै स्थानीय तहमा गरी करिब ११ प्रतिशत मात्रै धान रोपाइँ भएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ । जिल्लामा असार १५ गतेसम्म फाट्टफुट्ट मात्रै धान रोपाइँ भएको छ ।

कृषि ज्ञान केन्द्रका अनुसार राप्तीसोनारी गाउँपालिकामा सबैभन्दा बढी धान रोपाइँ भएको छ । बाँकेमा ३६ हजार ५०० हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ ।

आजदेखि पानी पर्न सुरु गरेकाले अब सबैतिर रोपाइँ हुने अपेक्षा गरिएको छ । सिक्टा सिँचाई आयोजनाको पानी पुगेको ठाउँमा रोपाइँ भइसकेको छ भने आकाशे पानीको भर पर्नुपर्ने स्थानमा अझै रोपाइँ हुन सकेको छैन ।   

प्रतिक्रिया राख्नुहोस्

Back to top button