तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक २०८२ प्रतिनिधि सभामा पेस

काठमाडौँ । प्रतिनिधिसभा बैठकमा नेपाल नागरिकता दोस्रो संशोधन विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८२ पेस भएको छ । 

प्रतिनिधिसभा बैठक काठमाडौँ, ५ असारः सङ्घीय संसद भवन नयाँबानेश्वरमा बिहीबार बसेको प्रतिनिधिसभा बैठक। तस्बिरः किरणराज विष्ट/रासस

प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले समितिबाट सर्वसम्मत रुपमा पारित भएको विधेयकको प्रतिवेद  सभामा पेस गर्नुभएको हो ।

सभापति खतिवडाले नागरिकता मुलुकको राष्ट्रियतासँग गाँसिएको अत्यन्तै महत्वपूर्ण विषय भएकाले विधेयकमा सबै नागरिकलाई नागरिकता प्राप्त गर्ने अवसर कसरी सिर्जना गर्न सकिन्छ भन्ने विषयमा संवेदनशील भएर विधेयक पास गरेको बताउनुभयो ।

सभापति खतिवडा समितिले सदनमा पेश गरिसकेको संघीय निजामती कर्मचारी विधेयक  कार्यसूचीमा ल्याएर छलफल अगाडी बढाउन माग गर्नुभयो । 

नेपाल नागरिकता दोस्रो संशोधन विधेयक २०८१ चैत १८ गतेको सभाको बैठकले दफावार छलफलका लागि समितिमा पठाएको थियो । 

नेपाल नागरिकता विधेयक २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा रहेका ८ वटा दफा रहेको विधेयकमा ४७ जना सांसदहरुले संशोधन हाल्नुभएको थियो ।

समितिले जेठ २१ देखि २७ गतेसम्म पाँचवटा बैठक बसी सो विधेयक पास गरेको थियो । 

प्रतिनिधि सभामा विनियोजन विधेयकमाथिको छलफल शुरु भएको छ । 

विनियोजन विधेयक, २०८२ अन्तर्गत वन तथा वातावरण मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफल जारी रहेको ।

यस्तै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, रक्षा मन्त्रालय, र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको विभिन्न शीर्षक माथिको छलफलको विषय भने आजको कार्यसूचीबाट हटाइएको छ ।

छलफलमा खर्च कटौती प्रस्तावका प्रस्तावक सांसदहरुले धारणा राख्ने क्रम चलिरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button