राष्ट्रिय सभा बैठक: सांसदहरूद्वारा विभिन्न समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ I राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले विभिन्न समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
बैठकमा सांसदहरूले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको साख गिर्न नदिन हवाई यातायात र अध्यागमन क्षेत्रमा देखिएका समस्या समाधानका लागि गम्भीर बन्नुपर्ने बतउनुभयो ।
यस्तै सांसदहरूले राज्यका अङ्ग र निकायबाट प्रेस स्वतन्त्रता कुण्ठित हुने गतिविधि हुन नदिन, डेंगीको संक्रमण रोकथामका लागि यथाशीघ्र प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसदहरूले महिला तथा दलितको हक कार्यान्वयनका लागि आवश्यक कानुनहरू यथाशीघ्र ल्याउन र विपद् सङ्कटग्रस्त घोषणा भएको दार्चुलाको नौगाढ पालिकाको राहत एवं पुनस्थापनाका लागि यथाशीघ्र बजेट व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
यसअघि बैठकको सुरुमा आकस्मिक समय माग गर्दै गङ्गाकुमारी बेल्वासेले भिजिट भिसा प्रकरणमा विश्वसनीय छानविन गरी गलत काम गर्ने सबैमाथि कडा कारबाही हुनुपर्ने माग गर्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्