तपाईँ सुन्दै हुनुहुन्छः

तीन दलका शीर्ष नेताहरूको बैठक निष्कर्षविहीन

काठमाडौँ । संसद्को अवरोध खुलाउन बसेको तीन दलका शीर्ष नेताको बैठक विना निष्कर्ष सकिएको छ । 

प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा आज बसेको बैठकमा संसद् खोल्न प्रतिपक्ष सहमत नभएपछि बैठक विना निष्कर्ष सकिएको माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिनुभयो ।

तीन दलको बैठकमा सत्तापक्षले गृहमन्त्रीको राजीनामा होइन, संसद् खोल्न आग्रह गरेको र त्यसमा माओवादी असहमत रहेको बताउनुभयो ।

शीर्ष बैठकमा सहभागी प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेलले संसद् अवरुद्ध गरेर जानुहुँदैन भनेर राखेको प्रस्तावमा प्रतिपक्षले थप छलफल गर्दै अघि बढ्ने बताएको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button