नरैनापुरमा गाउँ ब्लकका तिन सय ५० स्थानीयले पाए जग्गाधनी पुर्जा
बाँके । बाँकेको नरैनापुर गाउँपालिकाले गाउँ ब्लकमा रहेका स्थानीयलाई जग्गाधनी प्रमाणपत्र दिएको छ। गाउँपालिकाको वडा नं.३ मा वर्षौंदेखि गाउँ ब्लकमा बसोबास गर्दै आएका तिन सय ५० घरपरिवारलाई सोमबार लालपुर्जा वितरण गरिएको हो ।

पहिले नापी गर्दा छुट भएका जग्गालाई गाउँ ब्लक मानिँदै आएको छ । गाउँ ब्लकभित्र पर्ने जग्गामा वर्षौंदेखि खनजोत र भोगचलन गर्दै आए पनि लालपुर्जा पाउन सकेका थिएनन् । वर्षौं देखि भोग चलन गर्दै आएपनि लालपुर्जा नपाएका स्थानीयलाई कानुनी रिट पुर्याएर लालपुर्जा दिइएको गाउँपालिका अध्यक्ष शैयद इस्तियाक अहमद शाहले बताउनुभयो । उहाँले भन्नुभयो,“घरबास नभएका, सुकुम्वासी र अव्यवस्थित वसोवासीलाई लगत सङ्कलन गरेर पुर्जा वितरण गर्छौं, ।”
विभिन्न वडाका गाउँ ब्लकमा रहेका लालपुर्जा वितरणको कामलाई आगामी दिनमा पनि निरन्तरता दिइने गाउँपालिकाका सहायक प्रशासकीय अधिकृत भरत महतोले बताउनु भयो ।
घर बनाएर बसेका तर नापी भएर पनि पुर्जा नपाएकाहरूलाई गाउँपालिकाले नापी विभाग बाँकेको सहकार्यमा जग्गाधनी प्रमाणपत्र वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज वलीले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्