जुम्लाबाट कोरोना परिक्षणका पठाइएका छ जनाकै रिपोट नेगेटिभ

जुम्ला । जुम्लाबाट चैत २३ गते कोरोना परिक्षणका लागि पठाइएका छ जनाको स्वाब परिक्षणको रिपोटको नतिजा नेगेटिभ आएको छ ।
प्रदेश राजधानी सुर्खेतमा गरिएको परिक्षणले छ जनाकै रिपोट नेगेटिभ आएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पताल निर्देशक डा.मंगल रावलले बताउनुभयो ।
उहाँका अनुसार क्वारेन्टाइनमा रहेका उनिहरुको स्वाब संकलनपछि परिक्षण गर्न सुर्खेत पठाईएको थियो ।
यसअघि जुम्लाबाट काठमाडाँै पठाइएका चार जनाको स्वाब परिक्षण रिपोट पनि नेगेटिभ आएको थियो ।
हालसम्म कोरोना परिक्षण गरिएका १० जनाकै रिपोट नेगेटिभ आउनु सुखद पक्ष भएको र अझै सजक भएर लकडाउनको पालना गर्नु पर्नेमा अस्पताल निर्देशक डा.रावलले जोड दिनुभयो ।
भारतलगायत तेस्रो मुलुकबाट भित्रिएका तीन सय २४ जनाको स्वाब संकलन गरि नेपाली सेनाको स्काईट्रक बिमानबाट आज कोरोना परिक्षणका लागि काठमाडाँै पठाइएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताउनभयो ।








प्रतिक्रिया राख्नुहोस्