तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बस्दै

फाइल तस्बिर

काठमाडौँ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दै छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न ४ः०० बजे सचिवालयको बैठक बस्न लागेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठकमा कोरोना भाइरस (कोभिड–१९) र समसामयिक राजनीतिक परिस्थितिका बारेमा छलफल हुनेछ ।

बन्दाबन्दी (लकडाउन)पछि पहिलो पटक नेकपा सचिवालयको बैठक बस्न लागेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button